काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा अनुमोदन गरेसँगै नतिजा सार्वजनिक गरिएको हो।

यस वर्ष नियमिततर्फ करिब ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। बोर्डका अनुसार १७ हजार ७ सय ८६ जना विद्यार्थीले ३.६१ देखि ४.०० सम्मको जीपीए हासिल गरेका छन्।

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट तथा नेपाल टेलिकमको अनलाइन पोर्टलमार्फत हेर्न सक्नेछन्। साथै, मोबाइलबाट NEB लेखेर एक स्पेसपछि आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। नेपाल टेलिकमको १६०१ नम्बरमा फोन गरेर समेत नतिजासम्बन्धी जानकारी लिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *