सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएपछि आजदेखि सामुदायिक विद्यालय खुलेका छन्।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका करिब २९ हजार विद्यालयका अधिकांश शिक्षकहरू चैत २० गतेदेखि वैशाख १७ गतेसम्म काठमाडौंकेन्द्रित आन्दोलनमा थिए।

सरकार र महासंघबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरू विद्यालय फर्केका छन्। यही वैशाख २१ गतेदेखि कक्षा १२ को परीक्षा सुरू हुँदैछ। शिक्षक आन्दोलनकै कारण स्थगित परीक्षा वैशाख २१ गतेदेखि सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।