३० वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले भूमिहीनलाई भूमि दिन सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले कैलालीको टिकापुरमा भूमिहीन र दलितहरू रहेको उल्लेख गर्दै उनीहरूका लागि भूमि मागेकी हुन् ।सरकारले भूमिहीनलाई लालपुर्जा दिनुपर्ने उनको माग छ ।
