१९ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट कप अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि मलेसिया ९० रनमा अलआउट भएको छ ।

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो । फाइनल पुग्न अब नेपालले ९१ रन बनाउनुपर्नेछ ।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । कप्तान दियाज पात्रोले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।