असार-२४, रुपन्देही। रुद्रपुर सामुदायिक वन उपभोत्ता समूहको आयोजना तथा सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङको प्रविधिक सहयोगमा आज मिती २०८२ असार २४ गतेदेखी कञ्चन-४, गरगरेमा रहेको रुद्रपुर सामुदायिक वन उपभोत्ता समूहको सभाहलमा १० दिने आधारभुत वारीस्ता तालिम संचालन भएको छ।

रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापाको अध्यक्षता तथा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा संचालन भएको समुद्घाटन समारोहमा कञ्चन गापा वडा नं ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, वडा नं ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेल, सामुदायिक वन महासंघका केन्द्रिय सदस्य दिनानाथ आचार्य, समूहका सल्लाहकार ज्यूहरु, कार्यसमितीका पदाधिकारी तथा सदस्य ज्यूहरु, सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङका संचालक युवराज गुरुङ, राजन शर्मा पौडेल, प्रशिक्षक अनिश सिजापती सहितको उपस्थिती रहेको थियो।

आज देखि १० दिन सम्म लगातार संचालन हुने आधारभुत वारीस्ता तालिममा सहभागी हुन कञ्चन गाउँपालिका भित्रबाट ९४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो। जसलाई २ ग्रुपमा विभाजन गरी तालिम संचालन गरिने प्रविधिक संस्था सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङका प्रशिक्षकले जानकारी दिनुभयो।

तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी, विशिष्ट अतिथी, अतिथी ज्यूहरुले रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहलाई धन्यवाद दिदै यस्ता तालिमले क्षमता विकास संगै व्यवसाय विकास र उद्यमशिलता विकासमा मद्धत गर्ने बताउनु भयो। साथमा तालिममा सहभागिता हुने र सर्टिफिकट प्राप्त गर्नेमा भन्दानि सिकाइमा विशेष ध्यान दिन प्रशिक्षार्थिलाई अनुरोध समेत गर्नु भयो। सगसंगै सैनामैना कलेज अफ हस्पिटालिटी भोकेशनल ट्रेनिङलाई प्रबिधिक सहयोगकालागि धन्यवाद दिदै तालिम पूर्ण सफलताको शुभकामना दिनु भएको थियो।

उद्घाटन सत्रमा बोल्दै रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापाले आफु र आफ्नो टिम सधै सामुदायिक विकासका हरेक क्षेत्रमा काम गरिरहेको र निरन्तरता समेत रहने बताउनु भयो। तालिम उद्घाटन सत्रको कार्यक्रम संचालन संस्थाका सचिव श्री थापाले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *