अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् ।

सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौंडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।