आइतबारको तुलनामा सुन प्रतितोला दुई हजार पाँच सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सोमबार सुन तोलाको दुई लाख ३३ हजार एक सय रूपैयाँ मूल्यमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार ६ सय रूपैयाँ पुगेको थियो। 

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले बढेको छ। आइतबार २९ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार २९ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।