नवलपुर जिल्लाको पहाडी भेग बुलिङटार गाउँपालिकामा आयोजित निःशुल्क आँखा शिविरबाट ५५८ जना लाभान्वित भएका छन् । बुलिङटार गाउँपालिका नवलपुरको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योती संघ भरतपुर आँखा अस्पताल चितवन, कुमारी सार्वजनिक शैंक्षिक गुठी हसौरा, नेपाल नेत्र ज्योती संघ नवलपरासी (ब.सु.पू.) को प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भयको थियो ।

आयोजित निःशुल्क आँखा शिविर बुलिङटार गाउँपालिकाको ६ वटै वडामा कार्तिक १६ गते देखी १८ गते सम्म संचालन भएको थियो। उक्त शिविरमा सेवा लिन आउने विरामीहरुमा आँखाको एलर्जी,आँखाको सुख्खापन,आखाँमा मासु पलाएका र मोतियाविन्दुको बिरामीहरु देखा परेका थिए।
शिविरमा आएका विरामीहरु मध्य ७० जना विरामीको अप्रेशन गर्नुपर्ने अवस्था भएकालाई १९ र २० गते ३ नं वडा कार्यालयमा मोतियाविन्दुको सफल अपरेसन गरिएको थियो।

उक्त शिविरमा सहभागी हरुमा देखीएको खुसी र पालिकाले उपलब्ध गराएको यस प्रकारका कार्यक्रमले पालिका बासिको साहारा बनेर पालिका आएकोमा पालिका र सहयोगी अन्य संस्थाहरुलाई धन्यवाद दिनु भएको थियो ।
