२४ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार भएको एलिमिनेटर खेलमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले पराजित गरेको हो । काठमान्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो ।
लिग चरणमा तेस्रो भएको काठमान्डु भने एलिमिनेटरमा हारपछि प्रतियोगिताबाट बाहिरिएको छ ।
