मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै उक्त सिरिज स्थगित गरिएको नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै जनाएको छ । यूएई र ओमान दुवै टोली मध्यपूर्वका देश हुन् । हाल चलिरहेको परिस्थितिका कारण सो क्षेत्रमा उडानहरू पनि भएका छैनन् ।

सोही कारण यूएई र ओमानको क्रिकेट टोली नेपाल आउनेबारे पछिल्लो समय अन्योल देखिँदै आएको थियो ।