मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना हुँदा २७४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको तथ्यांकअनुसार कुल २१ हजार ९८९ सडक दुर्घटनामा ४२ हजार ६३७ सवारी साधन परेका छन् ।दुर्घटनाम २७४८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । यस्तै दुर्घटनामा परेर १० हजार ८६६ जना गम्भीर घाइते र ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन् ।

जिल्लागत विवरणअनुसार सबैभन्दा बढी दुर्घटना धनुषा जिल्लामा भएका छन् ।।प्रदेश प्रहरी प्रमुख डीआईजी ओम अधिकारीले मधेश जनसंख्या ठूलो प्रदेश भएकाले र सवारीसाधन र सडक पनि धेरै भएकाले दुर्घटना रोक्न चुनौतीपूर्ण भएको बताए ।

ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको समन्वय गरेर सचेतनामूलक कार्यक्रमले न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । नीति निर्माणमा पनि ट्राफिक प्रहरीको आवाज नपुगेको र बजेटमा कमजोर रहेकाले त्यसमा राज्यले विचार गरिदिनु पर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *