नेपालले ६० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने योजना अघि सारेको छ। हाल ४० मेगावाट बिजुली निर्यात गर्दै आएकोमा अब २० मेगावाट थप गरी कुल ६० मेगावाट बिजुली निर्यात गर्ने भएको हो।
यसका लागि नेपाल र बंगलादेशका अधिकारीहरूबीच सहमति भइसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहप्रवक्ता शालीग्राम भण्डारीले जानकारी दिए।
अहिले हामी वर्षातको ६ महिना अर्थात १५ जुनदेखि १५ नोभेम्बरसम्म नियमित ४० मेगावाट बिजुली पठाइरहेका छौं। यसमा २० मेगावाट थपेर ६० मेगावाट पठाउने विषयमा सहमति भइसकेको छ ।
बिजुली निर्यातका लागि भारतको प्रसारण प्रणाली प्रयोग गर्नुपर्ने भएकाले भारतसँग छलफल गरेर अघि बढ्ने उनले बताए।
