काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटमा प्रधानमन्त्री शाहले विपद्का बेला अमेरिकाले देखाएको सहयोग र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गरे। उनले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।

भेटका क्रममा नेपालको पर्यटन तथा लगानीका सम्भावनाबारे समेत छलफल भएको थियो। राजदूत बोल्डिनले रसुवामा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न अमेरिका तयार रहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *