बुधबार पनि नेप्से परिसूचक बढेको छ।
नेप्से ८.६६ अंकले बढेर २६४७.४१ विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार ५ अर्ब ५५ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ६ अर्ब १४ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३५६ वटा धितोपत्रको एक करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १७० कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ वटाको घटेको छ। यस्तै, ८ कम्पनी स्थिर छन्।
