सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले साइबर सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोग व्यवस्थित र नियमन गर्न ऐन बनाउन लागेको बताउनु भएको छ।
प्यूठानमा आयोजित साइबर अपराध सम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले पछिल्लो समय सूचना प्रविधिको पहुँच सँगै साइबर अपराधका घटना हुन थालेको र त्यसको नियन्त्रण गर्न सरकारले साइबर सुरक्षा सम्बन्धी ऐन बनाउन लागेको मन्त्री शर्माले कार्यक्रममा जानकारी दिनु भयो।
