पोखरा महानगरपालिकाको टोली राहत लिएर जाजरकोटका लागि हिँडेको छ । महानगरबाट दुई जना वडा अध्यक्ष सहित १७ जना उद्धार टोली राहत लिएर जाजरकोट हिँडेको पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले जानकारी दिनु भयो ।टोलीमा वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान र ७ का अध्यक्ष राममोहन आचार्य हुनुहुन्छ । महानगरपालिकाका जनप्रतिनिधिहरुको एक महिनाको पारिश्रमिक पनि राहत स्वरूप सहयोग गर्ने घोषणा गरिएको छ । अहिले त्रिपाल, लत्ताकपडा, ब्ल्याङ्केट र औषधि लिएर टोली हिँडेको उहाँले जानकारी दिनुभयो ।

By