नेकपा एमालेको बागमती प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र आज देखि सुरु हुने भएको छ। प्रदेश अधिवेशनको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्‌घाटन गरिएको थियो।

प्रदेश अधिवेशनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानको हल, कमलादीमा हुने बताइएको छ। बन्दसत्रमा हाल रहेको कमिटीका तर्फबाट राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुने बताइएको छ। प्रतिवेदनहरुमाथि छलफल भइ पास भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।  अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनोट भएर आएका छन्। सर्वसम्मत नेतृत्व चयनको अभ्यास लुम्बिनीमा सफल नभएकाले बागमतीमा समेत उम्मेदवारहरुले प्रतिस्पर्धाको तयारी गरेका छन्।

प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्यहरु समेत आकांक्षी देखिएका छन्। अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको दाबी बलियो छ। सर्वसम्मत नेतृत्व चयनको अवस्थामा कृष्णभक्त पोखरेल,  भूमि त्रिपाठी लगायतले आकांक्षा देखाएका छन्। यस्तै बागमती प्रदेशका पूर्वसभामुख रहेका सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डेले अध्यक्षमा दाबी कायम राखेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *