पैगम्बर मोहम्मदको जन्म दिन मुस्लिम समुदायको विशेष पर्वको अवसरमा मधेश प्रदेश सरकारले आज असोज ११ गते बिहीबारका दिन सार्वजनिक बिदा दिएको छ ।
मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको मिति २०८०/०६/१० गतेको निर्णय अनुसार मिति २०८०/०६/११ गतेका दिन मधेश प्रदेशमा सार्वजनिक बिदा रहेको जानकारी निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार नै एक सूचना जारी गर्दै दिएका हुन् ।

