प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन्। 

चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड बुधबार तिब्बतको ल्हासा पुगेका थिए। 

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहीबार बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्दैछन्। त्यसपछि उनी तिब्बत एयरलाइन्सबाट मानसरोवर तर्फ प्रस्थान गर्ने कार्यक्रम छ। 

कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि प्रधानमन्त्रीको साथमा भ्रमण दलमा रहेका अन्य सदस्यहरू पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

बुधबार ल्हासामा प्रधानमन्त्री प्रचण्डले विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकन गरेका थिए। प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्। 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *