जेसीआई बसामाडीकाे आयाेजनामा २१औं संस्करण स्व. लक्ष्मीमाया बज्राचार्य स्मृती जिल्ला स्तरिय खुल्ला रनिङ्ग शिल्ड भलिवल प्रतियोगिता यहि मिति २०८० असाेज २४ गते देखि २७ गते सम्म बासामाडी जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी मनिष घिमिरेकाे कार्यक्रम संयोजकत्व तथा उपाध्यक्ष जेसी रमेश शर्मा र जेसी बासुदेव तिमल्सिनाको सहसंयोजकत्वमा हुन गईरहेकाे छ।

उक्त कार्यक्रमकाे पत्रकार सम्मेलन मिती २०८० असाेज २ गते, क्विक २० हाउस हुप्राचाैरमा जेसीआई बासीमाडीका शाखा अध्यक्ष जेसी जनक भण्डारीज्यूकाे सभाध्यक्षतामा सम्पन्न भएकाे थियाे। विगत २० वर्ष देखि निरन्तर रुपमा सञ्चालन हुदै आएको स्वर्ण भण्डार (ज्योति रत्न बज्राचार्य) द्वारा प्रायोजित २१ओैं स्व.लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरिय खुल्ला रनिङ्ग शिल्ड भलिबल प्रतियोगितामा जिल्लाको विभिन्न संघ र संस्था कलेज तथा क्लब गरि जम्मा १० देखि १५ वटा टिमले भाग लिने छन्।

प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमश: रु.६५,००० र रु.३०,००० का साथै रनिङ्ग शिल्ड प्रमाण पत्र साथसाथै अन्य टिमलाई विभिन्न विधामा उत्कृष्ट पुरस्कारहरु प्रदान गरिने छ। राष्ट्रिय स्तरको भलिवल खेलाडी तथा अन्य खेलाडीहरु उत्पादन गर्न सफल यस जिल्लामा बासामाडी जेसीजलाई मकवानपुर जिल्ला भलिवल संघ तथा संघका पदाधिकारीहरुको सहयोग र सल्लाह प्रदान गर्दै आएकाे छ। हरेक वर्ष खेलाडीको प्रोत्साहन र खेल प्रतिको मोह र यसकाे महत्वलाइ जर्गेना गर्ने उद्देश्यले जिल्ला स्तरिय र उद्योग स्तरिय भलिवल कार्यक्रम आयाेजना हुने गरेकाे बसामाडी जेसीजका अध्यक्ष जेसी जनक भण्डारीले जानकारी दिनु भयो ।

By