एक दिवसीय विश्वकप २०२३ उद्घाटन खेल आज नरेन्द्र मोदी स्टेडियमगुजराँतमा नेपाली समय अनुसार २ बजे र १५ मिनेट देखि साविक विजेता ईङ्ल्याण्ड र उपविजेता न्युजिल्याण्डबिच हुने छ। साविक विजेता ईङ्ल्याण्डले आफ्नो नयाँ विश्वकप पनि २०१९ मा जहाँ छोडेको त्यही देखी सुरु गर्न चाहन्छ। जित संगै यो विश्वकपमा पनि आफुलाई अबल राख्ने दाउमा छ भने उता न्युजिल्याण्ड २०१९ फाईनलमा बेहोरेको हारको बदला जितको सुरुवाट संगै लिन चाहन्छ।
आ-आफ्नो अनि विश्वकपकै पहिलो दिन दुवै टिमलाई मैदान उत्रिनु पूर्व आफ्नो प्रमुख खेलाडी बिहिन हुनु पर्ने छ। ईङ्ल्याण्डका अलराण्डर तथा साविक फाईनलका हिरो बेन स्टोक्स र न्युजिल्याण्डका क्याप्टेन केन विलियमसन पहिलो खेलमा मैदान हुने छैन्न।
