नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले नराम्रा बाहेक अन्य कुनै काम नगरेको आरोप लगाएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीमा छोरी ज्वाइँ, भाइ भतिजा भान्जा मात्रै सप्रेको र नेता कार्यकर्ता पीडित भएर तड्पिएको टिप्पणी गरे । त्यस क्रममा ओलीले माओवादीका नेता कार्यकर्ताले आफूसँग पिडा पोख्ने गरेको सुनाए । ओलीले कांग्रेस पुरानो भएकोसमेत टिप्पणी गर्दै माओवादीको पछाडि लागेको देखेर आफूलाई अचम्म लागेको बताए ।
