कञ्चन रुपन्देही,

लुम्बिनी प्रदेशको बजेटमा सम्पन्न गरिएको कञ्चन २ भैरमघाट देखी कञ्चन गाउँपालिका सम्मको कालो पत्रे बाटोको प्रदेश अनुगमन टोलि द्धारा अनुगमन गरिएको छ। प्रदेश ल्याब अनुगमन टोलि संगै कञ्चन गाउँपालिकाको जनप्रतिनिधी टालि समेट मिलेर बाटो निरिक्षण तथा अनुगमन भईरहेको छ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले प्रदेशको बजेटमा सम्पन्न भएपनि यो हाम्रो बाटो भएकाले यसको निरिक्षण गर्नु हाम्रो कर्तव्य रहेको बताउनु भएको छ। कञ्चन भित्र हुने हरेक विकासका कार्यहरुमा प्रदेश संघ स्थानिय जसको लगानि भए पनि विकास कञ्चनको भएकाले यसको प्रत्यक्ष तथा अप्रत्यक्ष निगरानी राख्नु हामी सबैको कर्तव्य रहेको उहाँको बुजाई छ।

त्यसैगरी प्रदेश अनुगमन टोलिले पनि लगानि प्रदेशको भएपनि यसमा निरिक्षण कञ्चन गाउँपालिकाले समेट गर्नु पर्ने उहाँको भनाई छ। उहाँले अनुसार हरेक १०० मिटरमा स्याम्पल लिएर थिक्नेस यही पत्ता लाग्ने र बाँकी अन्य परिक्षण ल्याब टेष्ट बाट आउने बताउनु भएको छ।

By