नेपालीहरुको महान चाड विजया दशमी तथा दिपावलीलाई लक्षित गरि चोरी डकैतीको सम्भावना वढी हुन सक्ने भएकोले रुद्रपुर सामुदायिक वन उपभोक्ता समुहद्वारा देउराली देखि पिपरिचापा सम्मको वाटोको दुबै साइडको झाडी सफाई कार्यक्रम सम्पन्न भएको छ।

आज आईतबार बिहान ७ बजे देखी स्थानिय टोल विकास संस्था, उपभोक्ता समूह, जनप्रतिनिधी, सुरक्षा निकाय वन समितिका सदस्य तथा आमसमुदायको उपस्थितिमा सरसफाइ सम्पन्न गरिएको छ। रुद्रपुर सामुदायिक वन उपभोक्ता समुहले नेतृत्व गरि गरिएको सरसफाइका कारण रातिमा एक्लै हिड्डुल गर्न समेट डर लाग्दो बाटो अहिले धेरै सहज भएको छ।

उपस्थित स्थानियका अनुसार हाम्रो बाटो हाम्रो जिम्मेवारीहो त्यसैले चाड पर्व मात्रा हैन समय समयमा सबै मिलेर सफाइ गर्नुपर्ने बुझाइ छ। रुद्रपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिमाल थापाले हामी निरन्तर यहाँ र यहाँको समुदाय संग प्रत्यक्ष सरोकार रहने भएकाले यो बाटो सरसफाई गर्नु अत्तिनै आबस्यक भएको बताउनु भएको थियो।

By