काठमाडौ महानगरपालिकाले स्वास्थ्य सेवामा सबैको समान पहँच पुरयाउने कार्यमा निरन्तर सुधारात्मक कार्यहरु गदै आइरहेको कुरा आम नागरिकमा राख्न चहान्छौ । नागरिकले तिरेको करको उच्चत्तम उपयोग गर्दैै सेवा प्रवाहलााई नागरिक मैत्री बनाउन हामी प्रतिवद्ध रहेका छौँ । महानगरबासीलाई स्वस्थ राख्न र रोग लागेकालाई उपचारमा सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको छ । आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासिले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ मिति २०८०/०६/२२ मा हामीले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा रक्त सञ्चार सेवा सबै काठमाडौ महानगरवासिले जुनसुकै अस्पतालमा उपचारत गराउदा निःशुल्क रुपमा रगत र रक्ततत्व उपलब्ध गराउने प्रबन्ध मिलाएका छौ । यसबाट काठमाडौवासी सबै लाभान्वीत हुने आशा हामीले गरेको छौ। काठमाडौ महानगरवासी भएको प्रमाण खुल्ने ; नागरिकता वा वसाईसराई वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाईटी,केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निशुल्क रुपमा रगत तथा रक्ततत्व उपलब्ध गराउने छ। राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले आफ्नो स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्नेछ । रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट रु २०० सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराइनेछ । रक्तदान कार्यक्रमलाई थप प्रभावकारी र रत्तदाता मैत्री बनाइएको छ । नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा विना झन्झट जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रति युनिट रु १३०० उपलब्ध गराउने छ ।

अति विपन्न नेपाल भरिका जुनसुकै नागरिकलाई समेत प्रकोप वा आकस्मिक अवस्थामा रगत उपलब्ध गराउने र सो समेतको खर्च काठमाडौ महानगरपालिकाले व्यहोर्ने गरी प्रवन्ध मिलाइएकोले यसबाट अधिकत्तम लाभ लिन सम्पुर्ण महानगरबासी र सरोकारवाला सबैलाई हार्दिक अपिल गर्दछौँ ।

साभारः मेयर बालेनको फेसबुक पोष्टबाट

By