कन्चन गाउँपालिकाका कर्मचारीहरुले सोमवार पनि अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन गरिरहेका छन । शुक्रवार देखी अनिश्चित कालिन पेन डाउन आन्दोलनको सुरुवात देशभरका स्थानीय तहका कर्मचारीहरुले गएका हुन । उक्त आन्दोलनलाई आत्मसाथ गर्दै हातमा कालो पट्टि बाँधेर कन्चन गाउँपालिकाका सम्पुर्ण कर्मचारी आन्दोलनमा बसेका छन ।
केन्द्रिय कर्मचारी सङ्घर्ष समितिको निर्णय अनुसार गएको शुक्रवार देखी देशभरका ७५३ वटै स्थानिय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन । संसदमा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै स्थानीय तहका कर्मचारीहरू आन्दोलित भएका हुन ।

