मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी दश जना नेपालीहरुको दुःखद् निधन भएकोमा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त वरिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने, घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने र यस अकल्पनीय घटनामा दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषण गरी देश भरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने भनी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएको छ।

