इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण अलपत्र पर्नुभएका नेपालीहरुलाई उद्धार गरि घर फर्काउन अनलाई माध्यमबाट संकलन गरिएको विवरणमा दुई सय भन्दा बढीले नाम टिपाएको इजरायल स्थिति नेपाली राजदुतवासले जनाएको हो।
दुतावासका अनुसार नेपाल फर्कन इच्छुक नेपालीहरुको घर फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि अनलाइन रजिष्ट्रेशन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको अवस्था छ।
त्यस्तै दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट दुखद निधन भएका १० जना नेपालीहरुको शव फिर्ता गर्नका लागि राजदूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको दुतावासले उल्लेख गरेको छ।
दुतावासका अनुसार हाल युद्ध भइरहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका फर्ममा फसेका नेपाली विद्यार्थीहरुलाई कृषि प्रशिक्षण केन्द्र र इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघ संस्थाको सहयोगमा दूतावासले उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्य सुरु गरिसकेको छ । हाल केही विद्यार्थीहरुको स्थानान्तरण भइसकेको र केही स्थानान्तरण हुने क्रममा रहेका जानकारी आएको छ साथै सामाजिक संजालहरुमा पनि उद्धार भएका नेपालिहरुले फोटो भिडियो मार्फत जानकारी दिएको पाइएको छ। ।
