हिमाली जिल्ला मनाङमा अवस्थित तिलिचो तालमा अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यानदिँदै यस क्षेत्रमा इन्टरनेट जडान गरिएको छ। उच्च स्थानमा लेक लागेर बिरामी पर्नसक्ने साथै पर्यटकको स्वास्थ्यलाई ख्याल गरेर इन्टरनेट जडान गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष श्री चोल्पा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तिलिचो ताल भ्रमणमा जाँदा आउँदा लेक लाग्नसक्ने सम्भाव्यतालाई सहज बनाउदै सुचना प्रविधिमा व्यस्थ बनाउन वाइफाइ जोडिएको हो ।
“वाइफाइ जडान गरिएपछि पर्यटक बिरामी पर्ने हराउने समस्या न्यूनीकरण हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “इन्टरनेटको पहुँच पुगेपछि पर्यटकले यस क्षेत्रबाटै आफ्ना परिवार, साथीभाइलाई सम्पर्क गर्न सक्नेछन् ।” यसले गर्दा पर्यटकलाई नै इन्टरनेटको पहुँचमा रमाउन पाउने अवस्था बनेको उहाँले बताउनुभयो ।
