विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि सङ्क्रमणहरूका कारण लाखौँले मृत्यु भोगी सकेको तथ्याङ्कले भन्छ । खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न पर्छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मिचिमिची धुन सकिन्छ।

हात कसरी धुने ?
सर्वप्रथम सफा पानीले हात भिजाउने।
हातमा साबुन हाल्ने, कम्तीमा ३० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुवै हत्केलालाई एक आपसमा दलेर औलाका कापसम्म साबुन पूर्याउने |
यसरी धुँदा हातको पछाडि, नगंका मुनी, औँलाका काप र नारी सम्म मिच्ने |
धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औँठी या घडीहरू पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।

By