अहिलेको दशैमा च्याङ्ग्राको मुल्य महँगिएको छ । गत वर्ष भन्दा बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । हिमाली क्षेत्रबाट आउने च्याङ्ग्राको मूल्य प्रतिगोटा आठदेखि दश हजार रुपैयाँ मूल्य वृद्धि भएको छ। तर, यस दसैँमा स्थानीय खसीबोकाको मूल्यमा भने अघिल्लो वर्षको भन्दा घटबढ छैन।
खसीबोकाको मासुको मूल्य तोक्ने निकायले ध्यान नदिंदा वर्षौं एउटै मूल्यमा खसीबोका बिक्री गर्नुपरेको किसानको गुनासो छ। च्याङ्ग्राको मूल्य हरेक वर्ष बढ्दो छ, सबैले किनेर खाएकै छन्, यहाँ किसानले दुःख गरेर उत्पादन गरेको खसीबोका दसैँका बेला ओझेलमा पर्छन्।
