लाओसमा भएको दोस्रो लेगमा सहभागी भएको फुटबल टिम आज साँझ नेपाल आईपुग्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले फुटबल टिम नेपाल एयरलाईन्सको उडानबाट साँझ ८ बजेर २५ मिनेटमा अवतरण गर्ने तालिका रहेको बताएको छ ।
लाओसमा भएको दोस्रो लेगमा जित निकाल्दै नेपाली फुटबल टिम विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । नेपालका जितमा मनिष डाँगीले विजयी गोल गरेका थिए ।
