टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। खेल टीयू क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालको खेल हेरेर क्रिकेट खेल्ने सपना देखेका रोहित पौडेल अहिले नेपाली क्रिकेट टिमको कप्तान छन् । उनको लक्ष्य छ, नेपाललाई फेरि टी-२० विश्वकपमा छनोट गराउने । सन् २०१४ पछिका तीनवटा टी-२० विश्वकपमा नेपाल छनोट हुन सकेन । यस पटक घरेलु मैदानमै टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट हुँदैछ र त्यसमा उत्कृष्ट प्रदर्शन गरेर विश्वकपमा पुग्ने लक्ष्य नेपाली टिमको छ ।

By