नेपालमा नै उखुको क्रसिङ शुरु भइसकेकाले यो महिना पछि चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको हो । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार भारतबाट चिनी ल्याउँदा महँगो पर्ने भएकाले अहिलेलाई आयात रोकिएको छ । आयात नहुँदा र नेपालमै उत्पादन पर्याप्त नहुँदा अहिले चिनीको अभाव देखिएको उहाँको भनाइ छ । तर, अब कतिपय स्वदेशी चिनी मिलले उत्पादन शुरु गरिसकेकाले र केहीले यो महिनाको अन्तिमदेखि उत्पादन थाल्ने भएकाले अर्को महिनादेखि सहज रुपमा चिनी पाइने बताउनुभयो।

By