शेयर बजार हप्ताकाे पहिलाे दिन ७ अङ्कभन्दा धेरैले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेकाे छ । आज माइक्राेफाइनान्सबाहेक सबै समूहकाे शेयर घटेकाे छ । आज बीमा, हाेटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीकाे शेयर झन्डै १० प्रतिशतले घटेकाे छ । समग्र बजार घटेकाे दिन थ्री स्टार हाइड्राेपावरकाे शेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

By