कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतको बारेमा धेरै समस्या जिल्ला प्रशासनमा आएकोले कानुनले दिएको आधारमा काम हुने बताए । उनले यसको सहजीकरणको लागि पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सचिव लगायतलाई दिएको अभिमुखिकरण तालिमले सेवाग्राहीलाई अब केही सहज हुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख उमकान्ता चपाईले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र आदि सम्बन्धी अभिमुखीकरण तालिमले जनप्रतिनिधि र कर्मचारीले सेवा दिने कुरो सजिलो र सरल हुने र सेवाग्राहीलाई छिटोछरितो सेवा पाउने बताए । तालिमबाट सहज काम हुनेमा आफू आशावादी रहेको बताउँदै उनले वडा अध्यक्ष र सचिवले सेवाग्राहीलाई कुनै ब्यक्तिगत इश्यु नराखी काम गर्न अनुरोध गरे ।

कार्यक्रममा गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका, कन्चन गाउँपालिका, सैनामैना नगरपालिकाका प्रमुख उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सचिव लगायतले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायत नागरिकको आवश्यकता धेरै नै हुने हुँदा यो अभिमुखीकरण कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीलाई थप सजिलो हुने बताएका थिए ।

By