आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रत आरम्भ हुन्छ । स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु भइ माघ शुक्ल पूर्णिमाका दिन व्रतकथा समापन हुन्छ। 

हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् ।यो क्रम एक महिनाभर निरन्तर रहन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ ।स्वस्थानी व्रतकथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।

By