हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ४४ अङ्कले बढेर २ हजार ८५ दशमलव ७१ विन्दुमा पुगेको छ । आज अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज समाज लघुवित्तको शेयर १० प्रतिशत र गुराँस लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
