१३ असोज, काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३६३ कम्पनीकाे ५१ हजार २७४ पटकको कारोबारमा ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँबराबरको १ करोड १० लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।मंगलबार ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ९.१८ प्रतिशत बढेको छ। मंगलबार सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमूल्य सर्वाधिक ५.४४ प्रतिशत घटेको छ।

यस दिन हिमालयन डिष्टिलरीकाे सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन २२ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।  १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *