सुदूरपश्चिम प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित भएको छ । तेस्रो अधिवेशनको सातौँ बैठकमा मंगलबार सभामुख भीम भण्डारीले अनिश्चितकाल सम्मको लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक स्थगित हुनु अघि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफल भएको थियो ।
