नेपाल जेसीज वर्ष–२०२४ लाई प्रभावकारी तथा सार्थक परिणाम सहित उच्च स्थानमा पुर्याउनका लागि शाखाहरुले गरेका विभिन्न गतिविधिहरुलाई नेपाल जेसीजले दिएको कार्य/ टास्कका आधारमा मुल्याङ्कन गरी यस वर्ष शाखाहरुलाई हरेक महिना “100% Efficiency program” of the Month बाट सम्मानित गर्ने र प्रत्येक महिना शाखाले पुरा गरेको “100% Efficiency program” को आधारमा पुनः मुल्याङ्कन गरी वर्षको अन्तमा “100% Efficiency program” of the Year बाट सम्मानित गर्ने नेपाल जेसीजको योजना रहेको नेपाल जेसीजको सचिवालयले जानकारी गराएको छ।

सोही योजना अनुरुप सचिवालयले पूर्व पत्रचार गरी जानकारी गराएको आधारमा 100% Efficiency Program for the Month January बाट नेपाल सेसीजका १७८ शाखा मध्यबाट ४ वटै एरियामा गरेर जम्मा ५४ वटा शाखा सम्मानित भएका छन्र। संगै नेपाल जेसीजको सचिवालयले अर्को पत्र पठाउदै February महिनाका लागि टास्क दिएको र सोही अनुरुप कार्य गर्नका लागि आग्रह समेत गरेको छ।

