विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उदेश्यका साथ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने नाराका साथ बुटवल नगर खेलकुद विकास समितिले बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु गरेको छ।

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले माघ २५ गते बुटवल देविनगरमा रहेको रंगशालामा भव्य समारोहका साथ नकआउट फुटवल प्रतियोगिताको उद्घाटन गर्नु भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै पाण्डेले आफु सधै विकास र परिवर्तनको पक्षमा रहेको हुदा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा भोलि हाम्रा खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत राम्रो गर्न सक्ने बताउनु भयो।

माघ २५ गतेदेखि सुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुने र प्रतियोगितामा बुटवल उपमहानगरपालिका भित्र रहेका सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी जम्मा २८ वटा विद्यालयबाट सहभागीता रहेका छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *