आज बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन प्रकृया हुने संघीय संसद सचिवालयले जनकारी दिएको छ ।अध्यक्षका लागि नेपाली कांग्रेसबाट युवराज शर्मा र सत्ता गठबन्धनबाट नारायण दाहाल बिच अध्यक्षको लागि निर्वाचन हुने छ। सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका थिए ।