प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन् । दाहालले ‘आफूलाई प्रतिनिधिसभाको विश्वास छ’ भनेर राखेको प्रस्तावको पक्षमा १५७ मत, विपक्षमा ११० मत भने एक जना तटस्थ रहेका थिए ।
प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको घोषणा गरे ।
