पहिलेका राजहरु देख्न थालें आजबाट
नआएका गजलहरु लेख्न थालें आजबाट ।
नजिकैकाे ठानी बसें भित्री कुरा अर्कै रैछ
नजिक आउने छाँया तिम्राे छेक्न थालें आजबाट।
साहाराकाे लाठी सम्झे, लडाइ दियाै सपनाहरु
काल्पनाका लाठीहरु टेक्न थालें आजबाट ।
झुठाे रैछ तिम्ले देका सारा माया, सपनाहरु
सपनाबाटै तिमीलाई फेक्न थालें आजबाट ।
नआएका गजलहरु लेख्न थालें आजबाट।
नजिक आउने छाँया तिम्राे छेक्न थालें आजबाट।।
काल्पनाका लाठीहरु टेक्न थालें आजबाट ।।
सपनाबाटै तिमीलाई फेक्न थालें आजबाट ।।
