असोज-९, काठमाडौं । आईसीसीले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार नेपाल दुई स्थान माथि उक्लँदै १४औँ स्थानमा पुगेको छ । शुक्रबार जापानको नागोयामा जारी एसियाली खेलकुदअन्तर्गत नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।
त्यही जितपछि भएको वरियता अद्यावधिकमा नेपालको स्थान सुधार भएको हो । नेपालले अफगानिस्तानलाई २० ओभरमा ७ विकेट गुमाएर १०२ रनमा रोक्दै १०३ रनको लक्ष्य १७.२ ओभरमै पूरा गरेको थियो ।
