रूकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिकालिन बस निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा बा. प्र. ०१–००६ ख ३८७९ नम्बरको गाडी साँझ करिब ५:३० बजे दुर्घटना भएको छ । दुर्घटनामा परि सात जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घाईतेहरुको उद्धार कार्य जारी रहको र रातको समय भएकाले उद्धार कार्यमा कठिनाई भएको प्रहरीका अनुसार जानकारी प्राप्त भएको छ ।
बस दुर्घटना भएको घटनास्थलमा हालसम्म २५ घाइतेको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।
