नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले यो सरकार अल्पमतमा परेकाले मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने बताएका छन् । अल्पमतमा रहेको व्यक्तिले मुख्यमन्त्री जस्तो गरिमामय  पदमा बसी रहन नमिल्ने भन्दै  यो सरकारले नैतिकताको आधारमा राजीनामा दिनको लागि उनले आग्रह गरेका हुन् ।