काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ ।प्रतिनिधिसभाको  बैठक सुरू हुनेबित्तिकै सबै कांग्रेस सांसदहरू सिटबाट उठेपछि सभामुख देवराज घिमिरेले  बोल्ने समय दिएका थिए ।

कांग्रेसको तर्फबाट बाेल्ने सांसद प्रतिमा गौतमले संसदीय छानबिन गर्नुपर्ने कांग्रेसको अडान रहेको बताइन् । उनले संसदीय छानबिन हुँदासम्म गृहमन्त्री रवि लामिछाने पदबाट बाहिर बस्नुपर्ने उनको माग थियो । ‘सहकारी पीडित भएका मानिसहरू यताउता ठोक्किन थालेका छन् उनले भनिन्,’सहकारीमा ६० प्रतिशत महिला मात्र छन् ।