रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गदै आएका छन । प्रदर्शन गर्नेहरुमा १५ जना पक्राउ परेका छन् ।सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेकाहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

रुसी सेनामा भर्ना भएर ज्यान गुमाएकाहरूको शव स्वदेश ल्याउन, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीको उद्धार गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेको थिए ।